महेन्द्र रत्न मा. बि . अनारमनी बिर्तामोड का पूर्व बिद्यार्थी समाज को भेलाले निशुल्क स्वास्थ्य जाँच देखि निशुल्क पढाइ सम्मकाे घाेषणा

भूतपूर्व विद्यार्थी समाज महेन्द्र रत्न माविको सदस्यता लिएका पूर्व विद्यार्थीका आमा बुवा र पूर्व विद्यार्थीको श्रीमान् वा श्रीमती चार जनाको लागि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर लक्ष्मी मैनालीसंग स्वास्थ्य जाँच गराउँदा उहाले निःशुल्क गरिदिने घोषणा गर्नु भएकाे छ।
त्यस्तै गोमेन्द्र मल्टीपल कलेजमा भुतपूर्व विद्यार्थी समाजको सिफारिसमा पूर्व विद्यार्थीको एक सन्तानलाई निःशुल्क पूर्ण कोर्स पढाइदिने कलेजका प्राचार्य डा. रुपक खनालले घोषणा गर्नु भयाे।त्यस्तै अनारमनि क्याम्पस का प्राचार्य मोहन प्रसाद सिवाकोटी ले उहा ले संचालन गर्नु भएको कृषि फर्म बाट उत्पादित समान मा ५० प्रतिसत छुट गर्ने साथै कुनै कम्पनी को अडीट गर्दा ५० प्रतिसत छुट गर्ने ,अनारमनी पब्लिक क्याम्पस मा पूर्व बिद्यार्थी को एक सन्तान लाइ बिबिएस निसुल्क पढाई दिने यो सबै सेवा लिन का लागि पूर्व बिद्यार्थी समाज को सिफारिस अनिबार्य गरिएको छ

,त्यस्तै पुर्ब बिधार्थी मनोज देवान ले कोष को लागि एक लाख रुपया दिने ,त्यस्तै पुर्ब बिधार्थी कमल राज बिमली ले एक लाख रुपया दिने घोसणा गर्नु भयो ।त्यस्तै पुर्व बिधार्थि भावना आचार्य घिमिरे ले उक्त काेष लाई बीस हजार दिने बताउनु भयाे।उक्त भेला ले छिट्टै अक्षय कोष को स्थापना गर्ने निर्णय गरेको छ । कोषले गरिब तथा जेहेन्दार बिधार्थी लाइ छात्रबृती प्रदान गर्ने निर्णय गरेको छ।हिजो को भेला सस्था का अध्यक्ष राज कुमार पोख्रेल ले आयोजना गर्नु भएको थियो । समाज का अध्यक्ष राज कुमार पोख्रेल ले यस समाज ले आगामी दिन मा अझै धेरै सामाजिक गतिबिधि गर्ने ,पूर्व बिद्यार्थी को हक हित र उन्नति को निम्ति विभिन्न योजना हरु ल्याएर कम गर्ने बताउनु भयो ।भेला मा पूर्व बिद्यार्थी हरु मदन गोपाल सुब्बा , लिला अनमोल,बिनोद गौतम,केसब प्रसाई,प्रकाश न्यौपाने ,कमल बुढाथोकी ,काजी बुढाथोकी,तुलषा ढकाल ,भावना आचार्य घिमिरे , उदय कटवाल,लय मैनाली लगायत को उपस्थिति रहेको थियो ।त्यस्तै आउदो भेला २०४० को ब्याज ले गर्ने निर्णय समेत गरेको छ ।
