बिर्तामोड ,९ असोज

प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाउनु भएकाे छ ।

आइतबार यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्वीर राख्नु भएकाे छ ।

संघीयता कार्यान्वयनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्वीर राखेको उहाले बताउनु भयाे ।