झापामा कार दुर्घटनामा २ जनाकाे मृत्यु
झापा,४ असाेज

पुर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी न .पा–१० सैनिक चोकमा आज मंगलबार अपरान्ह कार अनियन्त्रित भएर रुखमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ९१०८ नम्बरको कार आफैं अनियन्त्रित भई उत्तर साईडमा रहेको बरको रुखमा ठोक्किएर भएको दुर्घटनामा कार चालक सप्तरी लेगडा ५ का ४४ बर्षिय बलराम यादव र कारमा सवार ईटहरी उ.म .न .पा–१० की ३० बर्षिया गीता चौधरीको मृत्यु भएको जिल्ला टाफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मोरङ सुन्दरहरैचा न .पा–६ की ४० बर्षिया रिता चौधरी, ईटहरी उ .म .न .पा–८ का २७ बर्षिय तेजन चौधरी र धरान उ .म .न .पा–१५ बस्ने बर्ष–३६ का बिविसन दास र सोही ठाउँका राजेश चौधरी घाईते भएकाे प्रहरीले जानकारि दिएकाे छ।
