मारवाडि युवा मञ्चकाे श्रीराम जयन्तीकाे माेटर साइकल र्यालीमा धार्मिक सहिण्णुताकाे उदाहरणिय काम गरे अमिरले

मारवाडि युवा मञ्च बिर्तामोड ले रामनवमीको अवसर पारेर बृहत
माेटरसाइकल कार र्यालि गरेकाे छ। पश्चिमी सभ्यता तीर गइरहेको संस्कारलाई निरुत्साहित गरि आफ्नै चाड पर्व लाई जर्गेना गर्ने उदेश्य लिएर गत बर्षदेखि मारवाडी युवा मञ्चले यस्ता खालका कार्यक्रम र र्याली गर्दै आएको मारवाडि युवा मञ्चका क्षेत्रिय संयाेजक यज्ञराज अग्रवाल बिकासले भन्नू भयाे । मञ्चले आज आयोजना गरेकाे ‘मेरो श्री राम बाइक तथा कार र्याली’मा
ताण्डप नृत्य , झाँकीसहित बिर्तामोडको बालाजी मन्दिरबाट शुरु भएकाे र्याली मुक्तिचोक, सुगम पेट्रोलपम्प, मुक्तिचोक, बिर्ताबजार, चारपाने हुँदै वन स्टप मलमा बिबिध कार्यक्रम गरि समापन गरेकाे मारवाडी सेवा समिति बिर्तामोडका सचिव दीपक मित्तलले जानकारी दिनु भयाे ।
र्यालीमा मारवाडी सेवा समिति, मारवाडी युती मञ्च, अग्रशेन भवनसमिति ,मारवाडी महिला मञ्च, बालाजी मन्दिर ब्यवस्थापन समिति, छठ युवा फ्रन्ट बिर्तामोड, कृष्ण प्रणामी युवा परिसद,बिश्व हिन्दु माहासंघ लगायत संघ÷संस्थाको सहभागीता रहेकाे मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल (टाेनि)ले जानकारी दिनु भयाे ।
उक्त कार्यक्रममा मारवाडि युवामञ्चका क्षेत्रिय संयाेजक यज्ञराज अग्रवाल ,अध्यक्ष टेकेन्द्र अग्रवाल (टाेनि),अग्रसेन भवनका अध्यक्ष सुरेश कुमार अग्रवाल भद्रपुरे,बिर्तामोड वार्ड नः४ का वार्ड अध्यक्ष राहुल शर्मा , वार्ड नः ५ का वार्ड अध्यक्ष राेहित प्रसाईं ,बिर्तामोड उधाेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्याैपाने,बिर्तामोड खेलकुद संघका अध्यक्ष बिकास गिरी लगायत बिभिन्न हिन्दु धर्म मा आवद्ध संघ संस्थाकाे हजारौ संख्यामा भक्तजन हरुकाे सहभागिता रहेकाे थियाे।
उक्त र्यालिमा सहभागी हरुलाइ धार्मिक सहिष्णुताकोलागि उदाहरणिय कार्य गर्दै युवा ब्यावसायी अमिर खानले जलपान समाराेहकाे आयाेजना गर्नु भएकाे थियाे।
