कतारमा करेन्ट लागेर एक झापाली काे मृत्यु
बिर्तामोड ,भदौ १६ : झापाकाे बार्हदसि गाउपालिका वार्ड नः ६ का ४५ बर्षिय तुलसि प्रसाद अधिकारी काे गत भदौ २ गते बैदेशिक राेजगारकाे सिलसिलामा कतार मा करेन्ट लागेर घटनास्थल मै मृत्यु भएकाे छ।
उनी ५ बर्ष अगाडि कतारकाे हसनेस कन्स्ट्रक्सनमा कार्पेन्टरकाे कामकाे लागि गएकाे परिवारले जनाएकाे छ।ड्युटी गर्ने क्रममा उनलाई करेन्ट लागेकाे जनाइएकाे छ।उनकाे शव आज १४ दिनपछि झापा ल्याई आजै अन्त्येष्ति गरिने उनका आफन्त सुजन प्रसाईं ले जानकारि दिएका छन।
मृतक का घरमा बुवा ,आमा,श्रीमती ,१ छाेरि र २ छाेरा रहेका छन।