बिर्तामोड काे फाेहाेर ब्यवस्थापन काे लागि कार्यदल गठन
नगरबाट निस्किने फोहोर व्यवस्थापनका लागि दीर्घकालिन उपाय खोज्ने गरी बिर्तामोड नगरपालिकाले कार्यदल गठन गरेको छ ।
मेयर पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले कार्यदल गठन गरेको हो । गठित कार्यदलमा उपमेयर नगेन्द्र संग्रौला संयोजक छन् ।
कार्यदलमा वडाध्यक्षहरु कृष्णप्रसाद खरेल, अजय कार्की र वडाध्यक्ष दुर्योधन गुरुङ्ग सदस्य छन् । बैठकले टोल विकास संस्थामार्फत सबै घरधनी र व्यवसायीलाई कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न निर्देशन दिने निर्णय पनि गरेको छ ।
बैठकमा बोल्दै मेयर प्रसाईले फोहोर व्यवस्थापनको समस्या विकराल हुन नदिन साझा सहमति र निर्णयका आधारमा अगाडि बढ्न निर्देशन दिएकी छन्