झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा लक्ष्मी राजवंशीको संयोजकत्वमा किशोरी सशक्तीकरण समूह गठन गरिएको छ।

विद्यालयमा आज सम्पन्न माध्यमिक तहमा अध्ययनरत छात्राहरुको भेलाबाट गठित समूहको सह संयोजक सालेहा खातुन, सचिव रिङ्कु खड्का, सह सचिव अनु सुबेदी र कोषाध्यक्षमा अप्सना सुब्बा चयन भएका छन् । २५ सदस्यीय समूहको सदस्यहरुमा आश्था सुबेदी, अन्जु रायमाझी, सरिष्मा सेवा, भिमादेवी थापा, बन्दना लिम्बुलगायत रहेका छन् । समूहको परिचालनका लागि फोकल शिक्षकमा इन्दिरा गौतम चयन भएकी छन् । सन् २०२५ सम्म प्रदेशलाई बाल विवाहमुक्त प्रदेश घोषणा गर्ने प्रदेश १ सरकारको कार्यक्रमअनुसार मेचीनगर नगरपालिका शिक्षा शाखामार्फत् विद्यालय छनोट भएको हुँदा विद्यालयस्तरबाट सचेतना कार्यक्रम सञ्चालन गर्न समूह गठन गरिएको हो । विद्यालयका प्रधानाध्यापक विश्व थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समूह गठनको प्रक्रिया सम्बन्धमा शिक्षक पदमप्रसाद मिश्रले सहजीकरण गरेका थिए ।