झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ स्थित एक ह्यूम पाइपभित्र एक जना पुरुषको शव फेला परेको छ । वडा कार्यालय नजिकमा रहेको एक ह्यूम पाइपको बोराभित्र लास फेला परेको हो ।

स्थानीयले ह्यूम पाइपमुनि पहेँलो, रातो रंगको बोरा देखेपछि प्रहरीलाई खवर गरेका थिए । बोराभित्र हेर्दा मृत अवस्थामा लास भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टाउकोमा चोट देखिएको सो लासको पहिचान खुल्न सकेको छैन । अन्दाजी ४०, ४५ वर्षको पुरुषको लास भएको अनुमान गरिएको छ । जमेको पानीसँगै भेटिएको बोराभित्रको शवको थप कानुनी प्रक्रियाको लागि धरान पठाइएको प्रहरीले बताएको छ ।