एभरेष्ट स्मार्ट एजुकेसन एकाडेमी को ९ औँ बार्षिक उत्सव मा पत्रकारदेखि टिचर सम्म सम्मानित
एभरेष्ट स्मार्ट एजुकेसन एकाडेमी को ९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आज सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रस्तुतिरोग विशेषज्ञ डाक्टर प्रियंका कटुवाल को प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले पानसमा दियो सल्काएर कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा यसै विद्यालयका संस्थापक स्वर्गीय हरि प्रसाईको सम्झनामा साना नानीहरूले नृत्य प्रस्तुत गरेका थिए। नृत्य पश्चात स्वर्गीय हरि प्रसाइको तस्बिरमा माल्यार्पण गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिहरु प्याप्सन झापाका वरिष्ठ उपाध्यक्ष एच के पाठक, शिक्षा अधिकृत जानुका रेग्मी, सामाजिक व्यक्तित्व किशोर प्रसाई ,कपिल प्रसाई ,डाक्टर पुष्पक रेग्मी ,बिर्तामोड प्याप्सन अध्यक्ष सुरेन्द्र खरेल , रेडियो विराटका सञ्चालक देवेन्द्र प्रसाई,एभरेस्ट विद्यालय व्यवस्थापन समिति सदस्य निरु उप्रेती ओली ,न्युटन एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं ,न्युटन विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गोपी कृष्ण प्रसाई , वीरता लेडिज जेसिसकी पुर्वअध्यक्ष संगीता गिरी निवर्तमान अध्यक्ष निशा शाक्य लगायतको आतिथ्यता रहेको थियो।
यसैबीच कार्यक्रममा बिर्तामोडमा बसेर पत्रकारिता क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै पूर्वाञ्चल दैनिकका उपसम्पादक सुरेन्द्र भण्डारीलाई सम्मान तथा अभिनन्दन गरिएको थियो। त्यसैगरी बालकल्याण अंग्रेजी स्कुल चारपानेका संस्थापक राम सिटौला लाई सम्मान तथा अभिनन्दन गरिएको थियो। त्यस्तै व्यवसायी ओम प्रकाश श्रेष्ठ र डाक्टर चाँदनी प्रधानलाई सम्मान गरिएको थियो। त्यस्तैगरी उत्कृष्ट शिक्षकको रूपमा यसै विद्यालयमा अध्यापन गराइरहनुभएका शिक्षक तीर्थराज खतिवडालाई सम्मान गरिएको थियो। त्यस्तै २०८० सालको एसइ परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएकी निकिता तामाङ र २०८१ को सिद्धान्त ढकाललाई नगद ५००० सहित सम्मान गरिएको थियो।
कार्यक्रममा न्युटन एजुकेसनका प्रिन्सिपल देवेन्द्र होमागाई बिर्तामोड प्याप्सनका अध्यक्ष सुरेन्द्र खरेल झापा प्याप्सनका वरिष्ठ उपाध्यक्ष एसके पाठक अभिभावकको तर्फबाट बिर्तामोड नगरपालिकाका अधिकृत जय तिम्सिना लगायतले शुभकामना दिनुभएको थियो। विद्यालयका गतिविधिका बारेमा एभरेस्ट एकेडेमीका प्रिन्सिपल अनुप शर्माले उल्लेख गर्नुभएको थियो। कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले नृत्य, गीत प्रस्तुत गरेका थिए।
कक्षा १० मा अध्ययनरत छात्र सम्भव प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन न्युटन एजुकेसन एकेडेमी कि इसिए टिचर सञ्चारकर्मी लिला अनमोलले गर्नुभएको थियो।
