बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेड पहिलो वर्षमै नाफामा
झापाको बिर्तामोडमा रहेको बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेड पहिलो वर्षमै नाफामा गएको छ । आजको वार्षिक साधारण सभा कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन उद्घाटन गर्नुभएको थियो।
कम्पनीले स्थापना भएको पहिलो वर्ष नै १७ लाख ५ हजार ६५७ रुपैया खुद नाफा कमाएको हो ।
कम्पनीले बिर्तामोडमा प्रथम साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै कारोबारको जानकारी गराएको छ । बिर्तामोड संजीवनीले गत वर्ष २०८१ असोज २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार गर्ने इजाजत लिएको थियो । कारोबारको करिब सात महिनाको अवधिमा सो नाफा कमाउन सफल भएको कम्पनीका अध्यक्ष यामकुमार चुडालले जानकारी दिनु भयो।
११४ जना शेयर सदस्यहरुबाट ५ करोड २८ लाख चुक्ता पूँजी सङ्कलन गरी सुरू भएको कम्पनीमा हाल १७८ जना सदस्य पुगेको अध्यक्ष चुडालले बताउनुभयो ।
अध्यक्ष चुडालका अनुसार चालू आ.व.मा कम्पनीको चुक्ता पूँजी ७ करोड ५० लाख पुर्याउने उद्देश्य रहेको छ । कम्पनीको अधिकृत पूँजी २० करोड रहेको छ ।
कम्पनी ले बैंक तथा वित्तिय संस्था साथै बैंक तथा विभिन्न कम्पनीबाट निष्काशित शेयर एवं अन्य मुनाफामूलक क्षेत्रमा लगानी गर्ने । जग्गा, जमीन हाउजिङ्ग परियोजना अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्सहरुमा लगानी गर्ने ।भौतिक पूर्वाधार निर्माण, ठेक्का पट्टा, जलविद्युत परियोजना एवं विकासका परियोजनाहरुमा लगानी गर्ने ।चल अचल सम्पत्तिको व्यवस्थापन गर्न सो सँग सम्बन्धित अध्ययन अनुसन्धान, तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्ने । आयात, निर्यात, शिक्षा, स्वास्थ्य, हस्तकला, सुरक्षा, अनुसन्धान, बजार प्रवर्द्धन लगायतका क्षेत्रमा लगानी गरि व्यवस्थापन जिम्मामा लिई कार्य गर्ने । विभिन्न कृषिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने । (जसमा आधुनिक कृषि संग सम्बन्धित क्षेत्र डेरी उद्योग, जडीबुट्टी उद्योग, कृर्षि फर्म, कृषि औजार, मल कारखाना, विउ विजन उत्पादक कम्पनी/फर्म, नेपाली कागज उद्योग, चिया खेती तथा चिया काराखाना, कृषकहरुले उत्पादन गरेको बस्तुको समय अनुकुल सही बजार मुल्य कायम गराउन कोल्ड स्टोरेज संचालन गर्ने आदी)विभिन्न संघ, संस्था, कम्पनी तथा अन्य संगठीत संस्थाहरुले माग गर्ने बोलपत्रमा सहभागी भई ठेक्का पट्टाको कार्य गर्ने अध्यक्ष चुडालले जानकारी दिनु भयाे।
कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य दिनेशकुमार सुवेदीले गर्नुभएको थियो।
