झापाली गायिका शिवाकोटीको “यसपालि त नाच्ने हो आफ्नै गीतमा”
झापाली गायिका कोपिला शिवाकोटीले तीज गीत बजारमा ल्याउनुभएको छ। आफ्नै शब्द र स्वरमा तीज डान्सिङ गीत बजारमा ल्याएको उहाँले बताउनुभएको छ। नेपालीहरूको महानचाड हरितालिका तीज नजिकिँदै जाँदा झापाली गायिकाले “यसपालि त नाच्ने हो आफ्नै गीतमा”भन्ने भाकामा गीत निकाल्नुभएको छ। सो गीत काठमाडौँ अनामनगरको फाइन ट्युन स्टुडियोमा रेकर्ड गर्नुभएको हो ।
यस गीतका संगीतकार एरेन्जर पवन रानाभाट हुनुहुन्छ। यस गीतमा झापाकै मोडेल बिना राउतले नाचेर साथ दिनुभएको छ। उक्त तीज गीतको भिडियो उमेश खड्की ले निर्देशन गर्नुभएको छ।

