कर्पोरेट हाउस फुट्सल लिगको उपाधि एभरेस्ट बैंकलाई

बिर्तामोड असार १ राउन्ड टेबलबिर्तामोड २७ द्वारा आयोजित कर्पोरेट हाउस फुट्सल लिग २०८२ को उपाधि एभरेस्ट बैंक बिर्तामोडले जितेको छ।
अर्जुनधारा ६ गामस्ता फुट्सल मैदानमा सम्पन्न फाइनल खेलमा उपाधि दाबेदार मानिएको बिर्ता सिटी हस्पिटललाई ४-० गोल अन्तरले पराजित गर्दै एभरेस्ट बैंक बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो।
उपाधिसँगै एभरेस्ट बैंक बिर्तामोडले नगद रु. ३५ हजार बराबरको नगद सहित ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बिर्ता सिटी हस्पिटलले भने दोस्रो स्थान प्राप्त गरेकाे छ।
प्रतियोगितामा बि एण्ड सी हस्पिटल, कन्काई हस्पिटल, लक्ष्मी सनराइज बैंक, एलएनजी इन्स्याेरेन्स, सिद्धार्थ बैंक, हिमालय इन्स्याेरेन्स, मेची आई हस्पिटल, अजोड इन्स्याेरेन्स, बिर्ता सिटी हस्पिटल, एभरेस्ट बैंक गरी कुल १२ वटा प्रतिष्ठित कर्पोरेट हाउसहरूको सहभागिता रहेको थियो।
खेलकुदको माध्यमबाट कर्पोरेट क्षेत्रबीच क्षेत्र विस्तार गर्ने , आपसी सम्बन्धलाई बलियो बनाउने र प्रतियोगिताबाट बचेको रकमले बारदशी गाउँपालिका ३ राजगढ झापा स्थित रामनगर आधारभूत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले च्यारिटी फुट्सल प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका सदस्य दीपक मित्तलले जानकारी दिनुभयो
जसअनुसार पहिलो चरणमा विद्यालयको शौचालय रेनोभेसन र वाटर फिल्टर जडान गरिनेछ। त्यस्तै दोस्रो चरणमा विद्यालयको स्तर उन्नति कक्षा कोठा निर्माण, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला निर्माण गरिने राउन्ड टेवल बिर्तामोड २७ का अध्यक्ष मनाेज गाेयल जानकारी दिनुभयो।