राउन्ड टेबल बिर्तामोड २७ ले कर्पोरेट फुट्सलको आयोजना

राउन्ड टेबल बिर्तामोड २७ ले कर्पोरेट फुट्सलको आयोजना गर्ने भएको छ। भोलि अर्जुनधारा ६ मा रहेको गमस्टा फुट्सलमा बिहान साढे आठ बजे बाट खेल सुरु हुने जानकारी राउन्डेबल बिर्तामोड २७ का अध्यक्ष मनोज गोयलले बताउनुभयो।
बिर्तामोडमा रहेका विभिन्न संघसंस्थाका बाह्रवटा टोली बीच मैत्रीपूर्ण खेल हुँदैछ। बिर्ता सिटी हस्पिटलको टिम ,बिएनसी हस्पिटल ,कन्काई हस्पिटल, एक्सेल डेभलपमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक ,सिद्धार्थ बैंक ,हिमालय इन्स्योरेन्स, एजाेड ईन्स्याेरेन्स ,मेचीआई हस्पिटल, एभरेष्ट बैंक, एनएलजी इन्स्योरेन्स ,एजाेड ईन्स्याेरेन्स, मेचीआई र नेपाल इन्जिनियर्स एसोसिएसन बीच प्रतिस्पर्धा हुनेछ। बिहान ९ बजेदेखि सुरु भएका खेलहरू बेलुका ५ बजेसम्म हुने राउन्ड टेबल बिर्तामोड २७ का मेम्बर दीपक मित्तलले जानकारी दिनुभयो ।
विजेता टिमले रु ३५ हजार र मेडल सहित पुरस्कार पाउने बताइएको छ।
राउन्ड टेबल बिर्तामोड २७ ले राजगढमा स्थित रामनगर आधार भूत प्राथमिक विद्यालयमा खानेपानी र शौचालय निर्माण काम गरिरहेको छ। यस प्रतियोगिताबाट उठेको रकमले त्यही स्कुलमा लगानी गर्ने अध्यक्ष गोयलले बताउनुभएको छ। राउन्ड टेबल बिर्तामोड २७ ले झापामा धेरै सामाजिक कामहरु गर्दै आएको छ। सामाजिक काममा अग्र स्थानमा रहेको राउन्ड टेबल बिर्तामोडले यसभन्दा अगाडि पनि कोरोनाकालमा होस् या त्यस पछाडिका दिनहरुमा सामाजिक काम गर्दै आएको छ। स्कुल बनाउने, गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति, स्टेसरीका सामग्रीहरु वितरण जस्ता कामहरुमा अग्रणी भूमिकामा रहेको छ।