बिर्तामोट ६ को वडा सभापतिमा हरि तिम्सिना नेतृत्वमा कार्यसमिति सर्वसम्मत निर्वाचित
नेपाली काङ्ग्रेसको १५औं महाधिवेशन अन्तर्गत बिर्तामोट नगरपालिका वार्ड नं ६ को वडा अधिवेशनबाट हरि तिम्सिनाको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। निर्वाचन अधिकृत नवराज रेग्मीको को नेतृत्वमा अधिवेशन सम्पन्न भएको जनाइएको छ।

११ सदस्य वडा कार्यसमितिको उपसभापतिमा हेमकुमार पोखरेल र राधिका विश्वकर्मा सचिव रविन राई सहसचिव नवराज पौडेल सदस्यहरू टेकबहादुर दर्जी सुरज राई अर्चना बुढाथोकी बस्नेत गीता अधिकारी कोपिला बस्नेत र सनोज विश्वकर्मा रहनुभएको छ ।
अधिवेशनले क्षेत्रीय प्रतिनिधिमा दाताराम तिम्सिना ,छत्रबहादुर गिरी, सूर्यप्रसाद कन्दंगवा, गोपी कृष्ण प्रसाई,जीवन बास्कोटा,आशिष वन, देवेन्द्र प्रसाई, मनमाया विश्वकर्मा ,पवित्रा कोइराला ढुंगाना ,उषादेवी सुवेदी ,गीता शर्मा रेग्मी ,लक्ष्मी माता सेवाहाङ, वीरेन मेचे, एनविन्द्र खत्री ,अर्जुन खवास ,डिल्ली कोइराला, रामु सिंह, कर्णबहादुर राई ,सन्जोग पराजुली, कृष्ण खतिवडा ,कमलराज बिमली , कैलाश कन्दङवा र जयालुदिन मिया चयन गरेको छ।

