नेपाल युवा उद्यमी मञ्च झापाको अध्यक्षमा बस्नेत चयन

नेपाल युवा उद्यमी मञ्च झापाको अध्यक्षमा प्रवेश बस्नेत चयन हुनु भएकाे छ ।
बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर युवा व्यवसायीहरूको छाता संगठन नेपाल युवा उद्यमी मञ्चको झापा शाखा गठन भएको हो ।
बिर्तामोडका युवा व्यवसायी बस्नेतको अध्यक्षतामा ११ सदस्यीय झापा जिल्ला समिति गठन भएको छ ।
नवगठित समितिको प्रथम उपाध्यक्ष डा. रूपेश बेलबासे, दोस्रो उपाध्यक्ष गणेश पौडेल, सचिव आयुष बजगाईं, कोषाध्यक्ष मनिष साहेवाला रहनु भएकाे छ।त्यस्तै, मेम्बरसिप चियर सुरज चौधरी, महिला सशक्तीकरण चियर प्रियंका शर्मा, मिडिया चियर मिजास पोखरेल, इन्टरनेसनल चियर डा. आशिष शर्मा, एलाइन्स चियर निरज प्रसाईं, लर्निङ चियर उत्सव उप्रेती रहनु भएकाे छ ।
झापा शाखामा हाल ३७ जना युवा उद्यमीहरू आबद्ध रहेका छन।

सन् २००३ मा स्थापना भएको मञ्चमा देशभरिमा ११ वटा शाखा रहेका छन् । काठमाडौँ, पोखरा, ललितपुर, चितवन, रूपन्देही, सुर्खेत, कैलाली, वीरगञ्ज, जनकपुर, विराटनगर, सुनसरी शाखा यसअघि गठन भइसकेका छन् ।
१२ औँ शाखाको रुपमा झापा शाखा स्थापना भएको हो । मञ्चमा देशभरिबाट आठ सयभन्दा धेरै युवा उद्यमीहरू आबद्ध भइसकेका छन् ।
नेपाल युवा उद्यमी मञ्च सार्क युवा उद्यमी मञ्च र विश्व युवा उद्यमी मञ्चको संस्थापक सदस्य हो । त्यसैगरी, कमनवेल्थ एसिया एलाइन्स अफ योङ एन्टरप्रेनर्सको पर्यवेक्षक सदस्य हो ।नेपालदयुवा उधमी मञ्च नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रबर्द्धक संस्था भएको जनाइएको छ ।
मञ्चमा आबद्ध हुनको लागि उमेरहद निर्धारण गरिएको छ । २० वर्ष देखि ४० वर्ष उमेर समूहका युवा व्यवसायीहरू मञ्चमा आबद्ध हुन सक्ने प्रावधान रहेको छ ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय संसद सदस्यद्वय मनिष झा, हरि ढकाल, मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछाने, उद्योग वाणिज्य संघ काेसी प्रदेश अध्यक्ष टिकाराज ढकाल, बिर्तामोड उधाेग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, महिला उधमी सुष्मा भण्डारी, सहारा जोशीलगायतले शुभकामना मन्तब्य राख्नु भयाे ।
