माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि झापामा १५ हजार ८५८ परीक्षार्थी सहभागी हुने भएका छन् ।

१७ गते शुक्रबारबाट हुने एसइइका लागि सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राज कुमार बिश्वकर्मा ले बताउनु भयाे।

इकाइले सबै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याइसकिएको जनाएको छ । परीक्षा बिहान ८ बजेबाट ११ बजे सम्म हुनेछ ।

इकाइ प्रमुख  विश्वकर्माका अनुसार झापामा १२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी एसइइमा सहभागी हुँदैछन् । इकाइले झापामा ५६ वटा परीक्षाकेन्द्र तोकेको छ ।

नियमिततर्फ १४ हजार ७२६ परीक्षार्थी एसइइमा सहभागी हुनेछन् । जसमध्ये ७ हजार ६७२ छात्रा र ७ हजार ५४ छात्रा रहेका छन् ।
परीक्षार्थीलाई तीनवटा धारमा विभाजन गरेर परीक्षामा सामेल गराउन लागिएको विश्वकर्माले बताउनु भयाे। नियमित, प्राविधिक र ग्रेडबृद्धि गरी तीन धारमा विभाजन गरिएको हो ।
प्राविधिकतर्फ २४६ जना छात्रा र ३५४ छात्रा गरी ५९९ जना परीक्षार्थी सहभागी हुँदैछन् । ग्रेडबृद्धितर्फ ३१३ छात्रा र २२० छात्रा गरी ५३३ विद्यार्थीले परीक्षा दिँदैछन् ।