हिकाेला हेरिटेज काकडभिट्टा ले आफ्नाे वार्षिकोत्सब मा यम वरालकाे एकल साझ गर्ने

झापाको काँकरभिट्टामा रहेको होटल हिकोला हेरिटेजको वार्षिक उत्सवको अवसरमा गायक यम वरालकाे एकल साझ गर्ने भएकाे छ।त्यस्तै गजलकार प्रदीप रोदनको पनि एकल गजल साँझ आयोजना हुने भएको छ ।
होटलले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा तीन दिने “साङ्गीतिक साँझ” को आयोजना गर्न लागेको हो । पहिलाे दिन २६ गते गायक यम वरालकाे एकल साझ गरिने र सोही साङ्गीतिक साँझको अन्तिम दिन माघ २८ गते शनिबार गजलकार रोदनको एकल गजल वाचन कार्यक्रम राखिएको हो ।

आगामी माघ २६ देखि २८ गतेसम्म तीन दिन “साङ्गीतिक साँझ”को आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा होटल सञ्चालक देवीभक्त श्रेष्ठले जानकारी गराउनु भयो । कार्यक्रमको तालिका अनुसार माघ २६ गते बिहीबार गायक यम बरालको एकल प्रस्तुति रहनेछ । त्यसैगरी माघ २७ गते शुक्रबार गायक नाम्गेल तामाङ र कृपा पौडेलको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ । गायक तामाङ नेपाल आइडल सिजन चारका फस्ट रनरअप हुनुहुन्छ । त्यसैगरी गायिका पौडेल सारेगमप लिटल च्याम्पकी विजेता हुनुहुन्छ ।
होटल स्थापना दिवसको दिन माघ २६ गते नेपाल भित्रिने पर्यटकलाई काकरभिट्टा सीमा नाकामा पुगेर स्वागत गर्ने कार्यक्रम राखिएको होटलका प्रबन्ध निर्देशक गौरव श्रेष्ठले बताउनु भयो । कार्यक्रममा जातीय संस्कृति झल्किने सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिने बताइएको छ ।
