जेनियस मिडिया बिर्तामोडको आयोजनामा चर्चित नाटक ‘मालिनी’ मञ्चन हुने भएको छ ।  आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी नाटक मञ्चनको तयारीका विषयमा औपचारिक जानकारी दिएको हो ।

जेनियस मिडियाका सञ्चालक निरज पोखरेलले कात्तिक १८ देखि २४ गतेसम्म बिर्तामोडको पुरानो भद्रपुररोड स्थित इन्द्रेणी बैङक्वेटमा नाटक मञ्चन हुने बताउनु भयाे ।झापाको बिर्तामोड–१ देवीपञ्चकन्या उत्तरमा निर्माणाधीन ‘झापा नाटक घर’ को सहयोगार्थ मालिनी मञ्चन गर्न लागिएको हो ।नाटक प्रदर्सनका लागि ८ लाख खर्च हुने अनुमान गरिएकाे छ।नाटक १ घण्टाकाे रहकाे छ।

मालिनी विश्वप्रसिद्ध भारतिय  लेखक रविन्द्रनाथ टैगोरद्वारा लेखिएको चर्चित नाटक हो । यसलाई नाङ्लाे नाट्य समूह माेरङले मञ्चन गरेकाे छ ।

क्षितिज नाट्य प्रतिष्ठानले सरकारी एवम् गैरसरकारी क्षेत्र र दाताबाट सहयोग जुटाएर नाटक घर निर्माण गरिरहेको छ ।
क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष युवा रंगकर्मी माधव कल्पितले दाताबाट सहयोग जुटाइए पनि आर्थिक व्यवस्थापनमा समस्या हुँदा नाटक घरको निर्माण कार्य पूरा हुन नसकेको बताउनु भयाे ।उहाले  सरकारी निकाय र दाता महानुभाव हरुले करिव दुई कराेड सहयोग भएको र त्यसबाट जग्गा खरीद र भाैतिक पूर्वाधार निर्माण गरिएको छ ।अझै २० प्रतिसत काम बाकि रहेकाे र त्यस्काे लागि एक कराेड रुपैया लाग्ने उहाले जानकारि दिनु भयाे।
याे नाटक पाठ्यक्रममा पनि समावेश भएकोले विद्यार्थीलाई लक्षित गरेर नाटक प्रदर्शन गर्न लागिएको जेनियस मिडियाका सञ्चालक पोखरेल बताउनु भयाे ।
पूर्वाञ्चल क्यान्सर हस्पिटलको मुख्य प्रायोजनमा मञ्चन हुन लागेको नाटकले मानवीय संवेदना, प्रेम, घृणा, धर्म लगायतका विषयमा शिक्षा दिने पत्रकार सम्मेलन मा जानकारि दिदै नाटक दैनिक तीन देखि ४ साे सम्म देखाइनेछ । नाटक मञ्चन व्यवस्थापन समितिका संयोजक सुजन सिवाकाेटीले सबै तयारी सकिएको बताउनु भयाे ।

नाटकमा पूर्वेली कलाकारको अभिनय छ । नाटकलाई  रंगकर्मी तथा निर्देशक सुदीपजंग कार्कीले निर्देशन गर्नु भएकाेल छ ।
नाटकमा दीक्षा चौधरी, अनिल खत्री, दीपक निरौला, विराज बाँस्कोटा, अतीत निरौला, गोमा पौडेल, सुरज माझी, प्रदीप सर्दार र जीवन वस्नेत तथा निर्देशक कार्कीको पनि अभिनय रहनेछ ।
आज भएकाे पत्रकार सम्मेलनमा आयाेजक सस्थाकाे तर्फ बाट हरि प्रसाद भण्डारी,तुलसी प्रसाद भट्टराई ,सुजना खतिवडा ,मुना प्रसाईं ,तारा प्रकाश भट्टराई र जितेन्द्र श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे।