पाथिभरा इन्जिनियरिङ कलेज बिर्तामोडमा मंसिरदेखि कक्षा सञ्चालन हुने

झापाकाे अर्जुनधारा –११ नयाँ बसपार्क बिर्तामोडमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजले यसै साता मात्र पूर्वाञ्च विश्वविधालयबाट सम्बन्धन प्राप्त गरेको हो।आठ वर्षअघि इन्जिनियरिङ काउन्सिलबाट सञ्चालन अनुमति पाए पनि १२ बर्ष पछि मात्र सम्बन्धन पाएको कलेजले दशैं लगत्तै भर्ना खुला गर्ने जनाएको छ ।
सिभिल, इलेक्ट्रोनिक्स र कम्प्युटर शिक्षा लिनका लागि काठमाडौँ र अन्य मुलुक जानु नपर्ने अध्यक्ष युवराज प्रसाईंले बताउनु भयाे । उहाका अनुसार अन्य स्थानमा भन्दा शुल्क पनि कम हुनेछ ।
कक्षा सञ्चालनका लागि दुई वटा भवन र ४० वटा कक्षा कोठा तयार रहेको याे कलेज २७ कठ्ठा जमिनमा रहेकाे छ । कलेजका कार्यकारी निर्देशक अनुज पराजुलीले जानकारी दिनु भयाे । इन्जिनियरिङ कलेजका लागि आवश्यक सम्पूर्ण उपकरण र सामग्री साथै अनुभवी प्राध्यापक भएकाले आगामी मंसिरदेखि कक्षा शुरु हुने जानकारी दिनु भयाे ।
सिभिल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ अध्ययनका लागि अब पूर्व क्षेत्रका विधार्थी देश बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

कलेजले समयमा सम्बन्धन नपाएका कारण आर्थिक रुपमा ठुलो क्षति व्यहोर्नु परेको सञ्चालहरुको भनाई छ । १२ वर्षमा पानी , विजुली, हेरालु र गार्डलाई मात्र ७० लाखभन्दा बढि खर्च भइसकेको बताईको छ ।
‘१२ वर्षपछि खोला पनि फर्किन्छ ’ भन्ने उखान आज पाथीभरा इन्जिनियरिङ कलेजले स्थापना भएको १२ वर्षपछि सम्वन्धन पाएर चरितार्थ भयो । अध्यक्ष प्रसाईंले भन्नु भयाे, ‘१२ वर्षपछि भए पनि कलेजले सम्बन्धन ल्याउन सफल भएको छ ।’
प्रसाईंले सबै राजनीतिक दल, सामाजिक व्यक्तित्व लगायत सबैको साथ र सहयोगका कारण ढिलै भए पनि कलेजले सम्बन्धन ल्याउन सफल भएको बताउनु भयाे ।
