असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा वडि पद ल्याउने झापाकाे तयारि

झापा जिल्ला खेलकुद विकास समितिले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागिताका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नवौ राष्ट्रिय खेलकुद प्रतिगोगितामा सहभागी भएर वढीभन्दा वढी पदक दिलाउने उद्धेश्यले त्यसको तयारीका लागि झापाका विभिन्न खेलकुद संघका प्रमुख तथा प्रतिनिधि, प्रशिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी(प्रशान्त)ले बताउनु भयाे । उनले नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सवको रुपमा रहेको नवौं राष्ट्रिय खेलकुदमा झापाली खेलाडीले सहभागिता जनाएर वढीभन्दा वढी पदक दिलाउनेमा आफू विश्वस्त रहेको बताए ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी(प्रशान्त)को अध्यक्षता तथा अखिल नेपाल फुटवल संघका (एन्फा)का नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङको प्रमुख आतिथ्य र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईको विशिष्ट आथिथ्यमा कार्यक्रम भएको थियो ।
सोही कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सम्मान समेत गरिएको थियो । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी(प्रशान्त) सम्मानपत्र प्रदान गर्नु भएकाे थियाे।
झापा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष गंगा कोइराला भुर्तेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख बिष्णुकुमार नेम्वाङले गर्नु भएकाे थियाे।
