डियर कल्याण साहित्य प्रतिस्ठान सुनसरिको आयोजना आज एक स्रष्टा सम्मन एवम विशेष कबिता वाचन कार्यक्रम सम्पन्न भएको छ। सस्थाका अध्यक्ष बिनोद बिवसको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यता रहेको थियो। साहित्यकार सरला चापागाईं र इरान राई लाई सम्मान गरिएको उक्त कार्यक्रममा कविहरु टीका आत्रेय, भरत गुरागाइ बरबरिक,रेखा सुबेदी,केशब रिमाल, र मिनकुमार नबोदित का विशेष कबिताहरु वाचन भएका थिए।

कवि हरि कट्टेलले समिक्षा गर्नु भएको उक्त साहित्यिक समारोहमा समय सापेक्ष अत्यन्तै चोटिला कविताहरु वाचन भएका थिए। श्रष्टाहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा शुरु देखि अन्त्य सम्म न चटपटाइ बसेका अतिथीहरुको उपस्थितिले अझ भब्यता प्रदान गरेको थियो। कार्यक्रमको सन्चालन रेडियो बिराट कि प्रबन्ध निर्देसक एव कवि लिला अनमोल ले गर्नु भएको थियाे भने कार्यक्रम मा स्वागत संस्थाका सचिव भानुभक्त नेपालले गर्नु भएकाे थियो।


डियर कल्याण साहित्य प्रतिष्ठानले प्रदेश नम्बर एकमा समय समयमा विभिन्न साहित्यिक समारोह अन्तरगत, कृति लोकार्पण , कृति प्रकाशन, श्रष्टा संमान एव बिशेष सृजना वाचन कार्यक्रम गर्दै आएको छ। नेपाली भाषा साहित्यको श्रीवृद्धिका निम्ति सस्थाको महत्त्वपूर्ण भुमिका रहेको छ।