श्रीलंकामा रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित

श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् ।

गोटाबाया राजपाक्षेले श्रीलंकाबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो ।
रनिल विक्रमासिंघेको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ । उनले गोटाबाया राजपाक्षेको बाँकी कार्यकाल पूरा गर्नेछन् ।