लिबर्टी एसएस /कलेज बिर्तामोडले भव्य कार्यक्रम गरेर बिधार्थि लाई स्वागत

लिबर्टी एसएस /कलेज बिर्तामोडले आज एउटा कार्यक्रमका बीच कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ। बिर्तामोडको किङ्सबरी होटलमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रम मा त्रिभुवन युनिभर्सिटीका म्याथ डिपार्टका प्रमुख डाकर जीवन काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिहरू इन्स्टा एजुकेसन का सीइओ हरि प्रपन्न कँडेल, संचारिका समूह झापाकी अध्यक्ष लीला अनमोल, म्याथ मेटिकल एसोसिएसन का सचिव छवि ढुङ्गाना ,कन्काई आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल पेम्बा लामा देवी एजुकेसन सेन्टरका कृष्ण रिजाल लिबर्टी स्कुलका सञ्चालक रुबी थापा लगायतको आतिथ्यता रहेको बिधालयका प्रिन्सिपल टंक भट्टराईले जानकारी दिनु भयाे।
प्रमुख अतिथि काफ्लेले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रमको बीचमा विद्यार्थीहरूले नृत्य कविता र गीतहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा सञ्चारकर्मी लीला अनमोल कन्काई कलेजका प्रिन्सिपल पेम्बा लामा, हरि प्रपन्न कडेल, छवि ढुङ्गाना लगायत अतिथिहरूले शुभकामना दिनुभएको थियो।
प्रमुख अतिथि काफ्लेले लिबर्टी एसएस कलेज अनुभवी प्राध्यापकहरूबाट सञ्चालन भएको एक राम्रो सम्भावना बोकेको कलेज भएको बताउनुभयो।
दीक्षा बजगाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजु अधिकारी र माया गौतमले गर्नुभएको थियो।
