कन्याममा दुर्घटना हुँदा बिर्तामोडका व्यवसायी मनोजको निधन
इलाममा ट्रकले किचेर बिर्तामोडका एक व्यवसायीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आज बिहान ११:३५ बजेतिर इलाम सूर्योदय नगरपालिका ७ पाल्टाङ स्थित मेची राजमार्गमा बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको प्रदेश न: ०१-०१८ प १५२० नम्बरको मोटरसाइकल चालक बिर्तामोट ५ बस्ने ३१ वर्षका टिंकु शाहले ब्रेक लगाउने क्रममा सोही मोटरसाइकलमा पछाडि सवार बिर्तामोड कै ५० वर्षीय मनोज चौधरी भगत अचानक मोटरसाइकलबाट लडेका थिए। सोही बेला विपरीत दिशाबाट आउँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले टाउकोमा खिच्दा चौधरीको घटनास्थललाई मृत्यु भएको थियो। मृतक चौधरी बिर्तामोडका कस्मेटिक व्यवसायी हुन्।
मोटरसाइकल चालकलाई फिकल अस्पताल फिकलमा उपचार गराइँदैछ भने उनको अवस्था सामान्य रहेको छ। ट्रक चालक पाँचथर हिलियाङ ७ बस्ने ३० वर्षका हरिनारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
