फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापाको क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि १८ जनाको मनोनयन दर्ता भएको छ । मंगलबार बिहान १० बजेदेखि शुरु भएको मनोनयन दर्ता प्रक्रिया अनुसार अपरान्ह्र ५ बजेसम्ममा १५ वटा राजनीतिक दल र ३ स्वतन्त्र उम्मेद्वारसहित १८ जनाको मनोनयन दर्ता भएको छ।

मनोनयन दर्ता गराउने उम्मेद्वारहरुमा नेकपा एमालेबाट विघटित प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख इन्दिरा राना मगरले उम्मेद्वारी दर्ता गर्नुभएको छ । त्यसैगरी  नेपाली कांग्रेसबाट सरिता प्रसाई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशीला चापागाँई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रकुमारी गारु, मंगोेल नेशनल अर्गनाइजेशनबाट अकलबहादुर राई, श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी, संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चबाट अमृता लावती, जनता समाजवादीवादी पार्टीबाट तिलबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट श्रीप्रसाद सिटौला, उज्यालो पार्टी नेपालबाट चुडाकर्ण बेघा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अर्जुृनकुमार राई, जनमत पार्टीबाट रमेशकुमार राजवंशी र नेपाल जनमुक्ति पार्टीबाट मानबहादुर पुलामी मगरले मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी डा. युवराज संग्रौला र पुण्यप्रसाद आचार्य र रमेश कुमार कार्कीले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत ले बताउनु भयो । उहाँका अनुसार मंगलबार नै मनोनयन दर्ताको सूची सार्वजनिक गरिने छ भने बुधबार उम्मेद्वार विरुद्ध दावी विरोधका लागि बिहान १० बजेदेखि ३ बजेसम्म समय छुट्याइएको निर्वाचन अधिकृत महेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।