मारवाडी सेवा समिति बिर्तामोड काे अध्यक्ष मा गाेयल निर्वाचित
मारवाड़ी सेवा समिति बिर्तामोड को ३२औ साधारण सभा तथा १२औ अधिवेसन आज बिर्तामोडमा सम्पन्न भएकाे छ। समिति का अध्यक्ष माेहनकुमार मित्तलकाे अध्यक्षता एवम् पूर्व अध्यक्ष तथा समाजसेवी दिनेशकुमार मित्तलकाे प्रमुख आतिथ्यमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे थियाे।कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद का केन्द्रीय सचिव उमेस डालमिया,नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सदस्य अरबिन्द अग्रवाल,अग्रसेन भवन बिर्तामोड का अध्यक्ष शुरेस कुमार अग्रवाल भद्रपुरे,मारवाडि महिला मञ्चकि अध्यक्ष निलम अग्रवाल,मारवाडी युवती मञ्चकि अध्यक्ष ऋचा मङ्गल मारवाडीयुवा मञ्च लगायतका प्रतिनिधि हरुकाे लगायतकाे आतिथ्यता रहेकाे थियाे।
आजकाे अधिवेसन बाट अध्यक्ष बिजय गाेयल (चुन चुन) सर्वसम्मत चयन हुनु भएकाे छ।गाेयलकाे अध्यक्षतामा १२ सदस्यिय समिति गठन भएकाे छ।
निर्वाचित कार्य समितिकाे उपाध्यक्षमा दिपक मित्तल ,सचिव गौरीशंकर गुप्ता टिंकु, सहसचिव बजरंग अग्रवाल ,कोषाध्यक्ष सुमित साहेवाला सदस्यहरू यज्ञराज अग्रवाल , सुरेश अग्रवाल,अमित अग्रवाल, पंकज मित्तल, श्याम बंसल ,संजय अग्रवाल र मनोज गोयल तयन हुनु भएकाे छ।
निर्वाचन आयुक्त शिव कुमार अग्रवाल ले जानकारी दिनु भयाे।

