टोस्ट मास्टर इन्टरनेशनलको एरिया के थ्री, जिल्ला ४१ ले क्रोनिकल कार्यक्रम बिर्तामोड को सिद्धार्थ होटलमा सम्पन्न भएको छ।कार्यक्रम झापा टोस्ट मास्टर बिर्ता मोड, दमक टोस्ट मास्टर, धरान टोस्ट मास्टर र विराटनगर टोस्ट मास्टर क्लबहरूलाई एकै स्थानमा सहभागी गराएर प्रतियोगिता, सिकाइ, र मित्रता को उत्सव सम्पन्न भएको छ। क्रोनिकल ले  प्रत्येक टोस्ट मास्टरको सञ्चार, नेतृत्व र मित्रता को यात्रा निरन्तर छ। प्रत्येक भाषणले एक नयाँ सुरुवात संकेत गर्छ जहाँ हाँसो, सिकाइ, र अनन्त प्रेरणाले हामीलाई अघि बढाइरहेको हुन्छ भन्ने कार्यक्रममा प्रस्तुत गरिएको थियो।

कार्यक्रमका मुख्य आकर्षणहरू एरिया-स्तरीय इन्टरनेशनल स्पीचटेबल टपिक्स प्रतियोगिता, प्रेरणादायी मुख्य भाषणहरू, टोस्मास्टरको ओपन हाउस, तथा आकर्षक सिकाइ सत्रहरू रहेका थिए। कार्यक्रममा जिल्ला ४१ न्यूजलेटर सम्पादक निलाद्रि पारियल, डिभिजन के निर्देशक सरोज ताम्राकार, एरिया के थ्री निर्देशक संध्या राठी, र एरिया के टु निर्देशक अञ्जिला बिष्ट को उपस्थिति रहेको थियो भने कार्यक्रम को अध्यक्षता झापा टोस्ट मास्टर बिर्तामोडका अध्यक्ष  मनोज गोयलले गर्नुभएको थियो।

झापा टोस्ट मास्टर बिर्तामोड ,दमक टोस्ट मास्टर विराटनगर टोस्ट मास्टर र धरान टोस्ट मास्टर बीच इन्टरनेशनल स्पीच प्रतियोगितामा जान्वी खेड़िया पहिलो,भिक्टर इग्नेसियस जोसेफ  दोस्रो र श्राव्या सिंह कार्की  तेस्रो स्थान हासिल गर्नुभयो भने टेबल टपिक्स प्रतियोगितामा भिक्टर इग्नेसियस जोसेफ  पहिलो,ऋषभ सिंह चाहर  दोस्रो र श्राव्या सिंह कार्की ले तेस्रो स्थान हासिल गर्नुभयो।