चिल्ड्रेन इन्भारोमेन्ट विद्यालय बिर्तामोड ले शैक्षिक यात्रा २०८० अन्तरगत बिविध कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालयले  आज विद्यालय परिसरमा सांस्कृतिक कार्यक्रम गरेर शैक्षिक यात्रा २०८० मनाएको हो ।विद्यालयका वाल क्लव अध्यक्ष जश्मिन चौहानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी सल्लाहकार न्यूजरल्याण्डकी डेरीडिना मारिया बेनिमारको प्रमुख आतिथ्य रहेको थियो । बिर्तामोड नरपालिकाका शिक्षा शाखा अधिकृत  केशर वहादुर खवास, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र पोखरेल, विद्यालय अभिभावक संघका अध्यक्ष गोविन्द कार्की, विष्णु भगवती स्कूलका प्रिन्सिपल पुण्यप्रसाद उप्रेती, वेल्स मोडल स्कूलका प्रिन्सिपल तारा प्रसाई ,न्युटन्स एकेडेमीका देवेन्द्र हुमागाई लगायतको आतिथ्य रहेको थियो ।

सोही कार्यक्रमकाबीच एसइइमा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेकाे छ ।

सास्कृतिक कार्यक्रम अन्तरगत कक्षा नर्सरीदेखि १० सम्म अध्ययनरत विद्यार्थीले नृत्य, गायन, कविता वाचन,  स्पिच,नाटक, मोडलिङ लगायतका कार्यक्रम प्रस्तुत गरेको विद्यालयका इसीए कोअडिनेटर दिनेशराज शर्माले जानकारी दिनु भयाे ।

कार्यक्रममा एसइइमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु दिब्या आचार्य, आरजु पोखरेल, रेश्मा खनाल, सन्ध्या गुरुङ, रञ्जित मैनाली र निशिम थाम्सुहाङलाई सम्मान तथा पुरस्कृत गरिएको बिधालयका प्रिन्सिपल सन्ताेष सुब्बाले जानकारी दिनु भयाे।

विद्यार्थीको तर्फबाट विनिषा लिम्बू र शिक्षकका तर्फबाट रुकु थापाले स्वागत गरेको कार्यक्रममको सञ्चालन  विद्यार्थीहरु अञ्जली न्यौपाने,  दीया पौडेल र इसिए शिक्षक सञ्चारकर्मी  लिला अनमाेल ले गर्नु भएकाे थियाे ।