बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना गर्ने भएको छ ।

संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो । महोत्सवका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेका अनुसार यही फागुन ५ गतेदेखि १५ गते सम्म बिर्तामोडको रामचोक र चारपाने चोकको बीचमा रहेको खाली जग्गामा महोत्सव आयोजना हुनेछ ।
नेपालमा उत्पादित कृषिवस्तु, हस्तकलाका सामग्रीलगायतको प्रदर्शन र प्रबद्र्घन गर्ने, आन्तरिक पर्यटन प्रबद्र्घन गर्ने, सांस्कृतिक तथा ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार प्रबद्र्घन गर्नेजस्ता उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनु भयाे।
प्रमुख अतिथि केन्द्रीय सदस्य उमेश डालमिया ले आर्थिक मन्दि ले थलिएकाे अर्थतन्त्र लाई चलायमान गर्न मेला महाेत्सवले टेवा पुग्ने विश्वास गर्नु भयाे।

व्यापार महोत्सवको मुख्य विशेषता नेपाललगायत छिमेकी राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट, भेला गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको संघका महसचिव अर्जनकुमार मैनालीले जानकारी दिनु भयाे।

महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादनहरु समेत गरी करिब २५० स्टलहरु रहने ,३ लाख दर्शकले अवलोकन गर्ने तथा ४५ करोडको कारोबार हुने संघले अनुमान गरेको छ । महोत्सव करिब ५ बिगाह क्षेत्रफल लाग्नेछ ।

संयोजक न्यौपानेका अनुसार महोत्सवलाई चार भागमा विभाजन गरिएको छ । प्रदर्शनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्रमा विभाजन गरिएको हो ।

प्रदर्शनीकक्षमा अटोमोवाईल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारीपोशाक तथा जुत्ताचप्पल प्रदर्शनमा रहनेछन् ।महाेत्सवमा आफ्नाे जातजाति काे भेषभुषा काे प्रबर्द्धनका लागि स्टल निशुल्क दिने निर्णय गरेकाे छ।
त्यस्तै सरकारी बिधालय बाट आउने बिधार्थि लाई निशुल्क प्रबेश,जेस्ठ नागरिक लाई निशुल्क प्रबेश त्यस्तै अन्य बिधार्थि हरु लाई आधा शुल्क मात्र लाग्ने संयाेजक न्यौपाने ले जानकारि दिनु भयाे।

त्यस्तै, महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका स्टल हरकाे समेत सहभागिता रहनेछ । अक्टानोर्म तथा डोम विधिबाट विशिष्ठ खालका स्टलहरुले सजाइने महोत्सवमा कलाकृत्तियुक्त मुलप्रवेशद्वार तथा सेल्फी जोनको निर्माण गरिनेछ ।

राष्ट्रिय तथा प्रदेशिक कलाकारहरुको प्रस्तुति, फेसनसो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहनेछ ।

बाल उद्यानक्षेत्रमा विभिन्न शाहसिक तथा मनोरञ्जनात्मक खेलहरुका रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टका विभिन्न स्टलहरु रहनेछ ।

महोत्सवमा मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाइफाइ जोन, प्राथमिक उपचार, शौचालय खानेपानी तथा पार्किङको व्यवस्था गर्नुको साथै सुरक्षाका लागि सुरक्षाकर्मी तथा सिसी क्यामेराको सहायताले महोत्सव परिसरको निगरानी गरिनेछ ।