मेला बाट फर्किदा एक काे मृत्युु

झापा काे कन्काइ मा माईवेनी मेला भरेर फर्कदा पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ गरमकाली पेट्रोल पम्प अगाडि आइतवार वेलुकी ६ बजे तिर यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
प्र १—०१—००१ ख ३४२० नम्बरको गरमकाली यातायातले पैदल यात्रीलाई आज साझ ६ बजे ठक्कर दिदा कनकाई नगरपालिका ६ का ४४ बर्षिय केशव नेपालको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
