बिर्तामोड -६ बुट्टाबारी स्थित सेर्मा टोल कृषि समूह को पहल मा र वार्ड नः ६ काे आर्थिक सहयाेगमा आज १ लाख रुपयाँ बराबर को साग सब्जी को बिउबिजन वितरण गरिएको छ Iसेर्मा टोल कृषि समूह का अध्यक्ष राज कुमार लावती को सभापतित्वमा भएको कार्यक्रम को प्रमुख अतिथि मा वार्ड न:६ का वार्ड अध्यक्ष सुर्य प्रसाद कन्दङ्वा रहनु भएको थियो त्यसै गरि वार्ड सदस्य हरुमा जिबन बास्कोटा ,खेम अधिकारी ,गीता रेग्मी को समेत उपस्थिति मा  ४०० भन्दा बडी घर धुरी लाइ रायो को साग, मुला,धनिया, चम्सुर  र फर्सि को बिउ वितरण गरिएको कार्यक्रम का संयोजक पूर्व जनप्रतिनिधि भेटेनरी परशु राम खनाल ले जानकारी दिनु भयो ।कार्यक्रम मा प्रमुख अतिथि कन्दङ्वा ले आफ्नो वार्ड मा कृषि क्षेत्रमा निर्भर  धेरै कृसक भएको हुदा यस्ता कार्यक्रम हरु अझ बढि मात्र मा ल्याउने प्रतिबद्दता जनाउनु भयो । कार्यक्रम मा धेरै कृसक हरु ले बिउबिजन को साथ मा पशु को औसधि भिटामिन को पनि अति आबस्यक रहेको र  त्यसका लागि पनि पहल गरिदिन जनप्रतिनिधि लाइ आग्रह गर्नु भयो ।