महाकालीमा बाढी : निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा
June 20, 2021 11:12 AM
[nepali_number number=1569]
६ असार, धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करीब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।