रासस भद्रपुरको प्रमुखमा प्रसाईं नियुक्त
सन्तोष शर्मा
बनियानी, २५ साउन (रासस) ः

राष्ट्रिय समाचार समिति (रासस) को भद्रपुरस्थित कार्यालयमा देवेन्द्र प्रसाईं नियुक्त हुनुभएको छ ।
राससको साउन २३ गतेको बोर्ड बैैठकले उहाँलाई भद्रपुरस्थित कार्यालयको प्रमुखको रुपमा नियुक्त गरेको थियो । जिम्मेवारी पाएसँगै प्रसाईंले आज पदभार ग्रहण गर्नुभएको छ । नवनियुक्त कार्यालय प्रमुखलाई एक कार्यक्रमका बीच कार्यालयमा स्वागत गरिएको छ ।
कार्यालयमा जिम्मेवारी सम्हालेसँगै उहाँले राससलाई अझ स्तरीय र विश्वसनीय बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सँगै सत्यतथ्य, विश्वसनीय, चुस्त–दुरुस्त समाचार प्रवाह गर्न राससका सम्वाददताहरुलाई निर्देशनसमेत दिनुभयो ।
लामो समय विभिन्न सञ्चारमाध्यममा काम गर्नु भएका प्रसाईं झापा बिर्तामोडका स्थायी बासिन्दा हुन् । जनता ल क्याम्पस विराटनगरबाट कानून संकायमा स्नातक र डिग्री क्याम्पस विराटनगरबाट पोलिटिकल साइन्समा स्नातकोत्तर गर्नुभएको छ ।–––
