संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपा ले ७७ जिल्लामै प्रदर्शन
संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७७ जिल्लामै प्रदर्शन गरेको छ ।
झापामा पनि आज राप्रपाले सरकारलाइ पेश गरेका माग पूरा गराउन दबाब दिदै वर्गीय सङ्गठनको संयुक्त आयोजनामा १५ ओटै पालिका मा कालो पोसाक र कालो पट्टि सहित कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।बिर्तामोड मा जिल्ला पार्टी कार्यलय बाट शुरु भएकाे बिराेधजुलुस बिर्तामोड परिक्रमा गरि मुक्ति चौक मा पुत्ला दहन गरेकाे छ।
उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् ।
राप्रपाले यी माग राख्दै गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । तर आफूहरुको माग सम्बोधन नभएको भन्दै सडक आन्दोलन गरेको हो