मेचीमाहाकाली बुहारी संयुक्त आवाज ले विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। झापाको कमल गाउपालिका रहेको ज्योति माध्यमिक विद्यालय मा अध्ययनरत दलित १६ जना विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला सदस्य जुनु भट्टराईको जन्मदिनको अवसर पारेर विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरी जन्मोत्सवलाई समाज सेवामूलक कार्य गर्नुभएको छ।

आजको समयमा धेरैले जन्मदिन व्यक्तिगत फजुल खर्च गरी मनाइरहेका बेला उहाँले बालबालिकाहरूको शैक्षिक यात्रामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले गरेको यो कार्य वास्तवमै प्रेरणादायी र अनुकरणीय छ। विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी र उत्साहले सामाजिक सेवाको वास्तविक अर्थलाई झनै उजागर गरेको थियो। मेची महाकाली बुहारी संयुक्त आवाजले हरेक सदस्यहरू को जन्मदिन केही न केही सामाजिक कार्य गर्दै आइरहेको मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला अध्यक्ष गङ्गा भट्टराईले बताउनुभएको छ।

कार्यक्रममा मेचीमाहाकाली बुहारी संयुक्त आवाज झापा जिल्ला सचिव रिना राई, कोषाध्यक्ष सीता श्रेष्ठ, सह-कोषाध्यक्ष सीता तिम्सिना, सदस्य जुनु भट्टराई, दमक उपशाखा सह कोषाध्यक्ष अन्जना रेग्मी तथा विद्यालयका शिक्षकहरूको गरिमामय उपस्थिति रहेको थियो।