सि.के. चिन्तन प्रतिस्ठान झापा द्वारा ३२ औ सि.के. स्मृति दिवस, सि.के.प्रसाईं काे ब्यक्तित्व र प्रजातान्त्रिक  समाजवाद बिचार गाेस्ठि एव सम्मान कार्यक्रम बिर्तामोड मा सम्पन्न भएकाे छ।प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधीर कुमार सिवाकोटी ले पानसमा दियाे वालेर उद्घाटन गरिएकाे कार्यक्रममा राजनीति बिश्लेसक सि.के. प्रसाईं काे तस्बिरमा माल्यार्पण गरिएकाे थियाे।

सि.के. चिन्तन प्रतिष्ठान झापाका अध्यक्ष टीका प्रसाईकाे अध्यक्षता प्रमुख प्रतिथि नेपाली काङ्ग्रेस केन्दिय सदस्य सुधिर सिवाकोटी  रहनु भएकाे कार्यक्रममा नेपाली काङ्ग्रेसका काेशी प्रदेश सभापति उद्दव थापा,पुर्वमन्त्री खगेन्द्र प्रसाईं,साहित्यकार कृण्ण धरावासि,बरिस्ठ अधिबक्ता लिला उदासी ,साहित्यकार पुण्य खरेल,संरक्षक बिबेक केसरि प्रसाईं ,सङ्गिता प्रसाईं ,नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति खगेन्द्र मैनाली,नेपाली काङ्ग्रेस झापा क्षेत्र नः २ कि उमेद्वार सरिता प्रसाईं  लगायतकाे आतिथ्यता रहेकाे थियाे।

कार्यक्रममा प्रजातान्त्रिक याेद्दा डिल्ली  प्रसाद सिटौला लाई  सम्मान अभिनन्दन गरिएकाे थियाे। अभिनन्दन वाचन सी.के चिन्तन प्रतिष्ठानका सहसचिव खगेन्द्र प्रसाईले गर्नुभएको थियो।

कार्यक्रममा सि.के. प्रसाईं काे ब्यक्तित्वकाे वारेमा अधिवक्ता लक्ष्मि खनाल काेइराला , राजनीतिज्ञ सरिता प्रसाईं , वरिष्ठ साहित्यकार कृण्ण धरावासी, वरिष्ठ अधिवक्ता लीला उदासी , राजनीतिज्ञ विश्लेषक खगेन्द्र प्रसाई लगायतले सीके प्रसाईको व्यक्तित्व र उहाँले  प्रजातन्त्र र समाजवादका लागि पुर्‍याएको योगदानको चर्चा परिचर्चा गर्नुभएको थियो।

सि.के. प्रतिष्ठान का उपाध्यक्ष उपाध्यक्ष स्वागत सजेश सिवाकोटी स्वागत गरेको कार्यक्रमको सञ्चालन इन्दु पुर्वेली ले गर्नुभएको थियो।