नेपाल अर्थोपेडिक एसोसिएसनको ३१ औ वार्षिक सम्मेलन तथा अर्थोकाेन २०२६ पहिलोपटक कोशी प्रदेशको झापा जिल्लामा आयोजना हुँदैछ। भोलि माघ २९ गतेदेखि सुरु भएर फागुन ३ गतेसम्म आयोजना गरिएको यस सम्मेलनमा अन्तर्राष्ट्रिय चिकित्सकहरु १०० जना सहभागी हुनुहुनेछ भने नेपालबाट ४०० भन्दा बढीको सहभागिता रहने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

भोलि माघ २९ गते बिर्तामोडका विभिन्न अस्पतालहरूमा प्री कन्फरेन्स वर्कशप सञ्चालन गरिने छ भने फागुन १, २ र ३ गते होटल मेची क्राउन धुलाबारीमा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरिएको छ ।

कोशी प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ र विभिन्न औषधि कम्पनीहरु, इम्प्लान्ट कम्पनी तथा अन्य व्यवसायी कम्पनीहरूबाट सौजन्य गरिएको कार्यक्रमको उद्घाटन समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी प्रमुख आतिथ्यतामा कार्यक्रम हुने नेपाल अर्थोपेथिक एसोसिएसनका अध्यक्ष लक्ष्मीप्रसाद मैनालीले आज जानकारी दिनुभएको छ।⊄