महेन्द्र रत्न मावि अनारमुनिको पूर्व विद्यार्थी समाजको अध्यक्षमा मदन गाेपाल
झापाको बिर्तामोडमा रहेको पुरानो विद्यालय महेन्द्र रत्न मावि अनारमनि को पूर्व विद्यार्थी समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको छ।
विद्यालयको प्राङ्गणमा आज भएको कार्यक्रम भूतपूर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा गरेका गतिविधि र आफूलाई साथ दिने सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई आभार र धन्यवाद व्यक्त गर्नुभएको थियो।
संस्थाका सचिव मोहन शिवाकोटीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। आजको कार्यक्रममा पूर्व विद्यार्थी समाजले स्मारिका समेत विमोचन गरेको छ महेन्द्र रत्न प्रेरणा कुञ्ज नाम आज लोकार्पण गरिएको हो।
साधारण सभाबाट अध्यक्षमा मदन गोपाल सुब्बा,उपाध्यक्षमा रूपक थापा, सचिव भूविक्रम बस्नेत, कोषाध्यक्ष नरेश न्यौपाने, सदस्यहरू भावना आचार्य ,शारदा न्यौपाने, इन्दिरा भट्टराई ,शान्ता चुडाल, शोभा आचार्य,कमलराज बिमली ,सुशील बस्नेत ,बाबुलाल अग्रवाल, कृष्णलाल राजवंशी ,गोपाल दाहाल र किशोर मैनाली निर्वाचित हुनुभएको छ
