बिर्तामोड, झापा , दीपक मित्तल

नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गत मारवाडी युवा मञ्च, बिर्तामोडको आयोजनामा १५ औँ राष्ट्रिय “मारवाडी युवा दिवस”को अवसरमा रक्तदान कार्यक्रम गरेको छ। शनिबार बिर्तामोडको दुर्गा मन्दिरको प्राङ्गणमा आयोजित उक्त शिविरमा उत्साहजनक सहभागिता देखिएको थियो।

रक्तदान शिविरमा तीन जना महिला सहित कुल ३५ जना रक्तदाताहरूले  आफ्नो अमूल्य रगत दान गरेका थिए। समाजसेवाको भावनासहित आयोजित यस कार्यक्रममा युवाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप सफल बनाएको संस्थाका अध्यक्ष ऋषभ मित्तलले बताउनुभयो।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय कोषाध्यक्ष यज्ञराज अग्रवाल, क्षेत्रीय सभापति दीपक मित्तल, संगठनका केन्द्रीय सदस्यहरू, मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व अध्यक्षहरू, सल्लाहकार सदस्यहरू, वर्तमान कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, साथै मारवाडी सेवा समिति बिर्तामोडका पूर्व अध्यक्ष सुरेश कुमार अग्रवाल (भद्रपुरे) लगायतको  उपस्थिति रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान शिविरको संयोजन मारवाडी सेवा समिति बिर्तामोडका उपाध्यक्ष विशाल गोयलले गर्नुभएको थियो।

आयोजक संस्थाले यस्ता सामाजिक कार्यहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।