झापाको बिर्तामोड  ६ बुट्टावारी मा रहेकाे सिद्देश्वर शिवालय मन्दिर काे १४औ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रम काे प्रमुख अतिथि बिर्तामाेड ६ का वडा अध्यक्ष सुर्य प्रसाद कन्दङ्वा रहनु भएकाे थियाे भने बिशिस्ट अतिथि वडा सदस्य जीवन बास्काेटा,गीता शर्मा,जग्गा दाता खिनमाया अधिकारी ,सञ्चारकर्मि देबेन्द्र प्रसाईं ,समाजसेवी आशिष् वन ,कमल बिमली,निर्मल खत्री र पबित्रा ढुङ्गाना लगायतकाे आतिथ्यता रहेकाे थियाे।

समाजसेवी खिनमाया अधिकारीले स्व श्रीमान मेघनाथ अधिकारीकाे स्मृतीमा १ कट्ठा १ धुर जग्गा १५ बर्ष अगाडि  हस्तान्तरण  गर्नु भएकाे थियाे ।यस शिवालय मन्दिर जिर्ण अवस्था रहेकाे थियाे साेहि मन्दिरलाई वडा कार्यालय  र विभिन्न धार्मिक अनुरागि हरुकाे सहयाेग मा पुन: निर्माण गरिएकाे छ। जम्मा १६ लाख रुपैयाँमा मन्दिर पुननिर्माण गरिएको समितिका अध्यक्ष खनालले जानकारी दिनुभएको छ।

समितिका अध्यक्ष परशुराम खनाल धार्मिक क्षेत्रमा केही गरौं भन्ने उद्देश्यका साथ मठ मन्दिर धार्मिक क्षेत्रमा अत्यन्त सक्रिय युवा समाजसेवी हुनुहुन्छ। उहाँले यस मन्दिर निर्माण गर्ने क्रममा विभिन्न व्यक्तिहरूसँग दानवीरहरूसँग हात फैलाएर आज यो मन्दिर यो अवस्थामा पुर्याउन सफल हुनुभएको छ। बुट्टाबारी क्षेत्रमा शिवालय मन्दिर नभएको र यस ठाउँका धर्मप्रति आस्था राख्नेहरुले अन्य ठाउँमा गएर पूजा गर्नुपरेको अवस्थालाई मध्यनजर गरेर यस ठाउँमा उहाँले मन्दिर निर्माण गरेको जानकारी दिनुभएको छ। त्यसैगरी प्रमुख अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा ले धर्म भनेको एउटा अनुशासन हो र यसले समाजलाई अनुशासनमा बाँध्ने काम गर्छ। सबै धर्ममा आस्था राख्नेहरुले आफ्नो धर्म संस्कृतिलाई बचाएर लानुपर्नेमा जोड दिनुभएको थियो।

मन्दिरकाे  सहसचिव  अनिता सुबेदीले स्वागत गर्नु भएकाे थियाे भने सञ्चालन सचिव प्रजापति दाहालले गर्नु भएकाे थियाे।