प्रसाई ट्रष्ट कल्याण काेषकाे १७ औ बार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम सर्लाहीको हरिवनमा शनिबार सम्पन्न भएकाे छ।देश तथा बिदेशमा बसाेवास गर्ने प्रसाईं हरुकाे विशाल उपस्थिति मा कार्यक्रम सम्पन्न भएकाे छ।

टीका प्रसाईं काे अध्यक्षतामा पुर्व अध्यक्ष खगेन्द्र प्रसाईं काे प्रमुख आतिथ्यतामा,बिशिस्ट अतिथि मधेस प्रदेशका उर्जा जलश्राेत तथा सिचाइ मन्त्री जबाहर लाल कुशवाहा ,बरिस्ठ उपाध्यक्ष श्रीकृष्ण प्रसाईं ,सिक्किम राज्य भारतका अध्यक्ष भुवन प्रसाईं लगायत का बिशिस्ट ब्यक्तित्वहरुकाे आतिथ्यता रहेकाे थियाे।

डा माेहन प्रसाईं,राजेन्द्र प्रसाई,सुमित्रा प्रसाईं,बालकृष्ण प्रसाईं,भीष्म प्रसाईं ,भुवन प्रसाईं ,झापा जिल्ला प्रसाईं ट्रष्ट अध्यक्ष ईन्द्र प्रसाईं ,माेरङ जिल्ला प्रसाईं ट्रष्ट अध्यक्ष मणिराज प्रसाईं मधेश प्रदेशका उर्जा जलश्राेत मन्त्री जबाहर लाल कुशवाह,सुनसरी अध्यक्ष निर्मला प्रसाईं,उपत्यका अध्यक्ष डा आलाेक प्रसाईं ,दमक उपमेयर रेगिना भट्टराई प्रसाईं लगायतले शुभकामना दिनुभएको थियो।

कार्यक्रम काे बिचमा प्रसाईं बंशावलीका अध्यक्ष तक्दिर प्रसाईं,सर्लाहि निवासी जेष्ठ आमा कृ्ण्ण कुमारी प्रसाईं ,बुबा बुद्धि कुमार प्रसाईं  ,दिपक प्रसाईं,राजेन्द्र प्रसाईं ,प्रेम राज प्रसाईं,लाई सम्मान समेत गरिएकाे छ।

कार्यक्रममा अध्यक्षले आफ्नो एक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो।

२०८१ साल साल मङ्सिर मा काभ्रेको सान्डिल्या ग्राममा भएको राष्ट्रिय भेलाले दुई अध्यक्ष चयन गरेको थियो। पहिलो एक वर्षीय कार्यकाल झापाका टीका प्रसाईंले गर्ने र दोस्रो कार्यकाल काठमाडौँका श्रीकृष्ण प्रसाईले गर्ने सहमति अनुसार दोस्रो कार्यकालका लागि पद हस्तान्तरण कार्यक्रम मा पहिलो अध्यक्ष टीकाप्रसाईले दोस्रो अध्यक्ष श्रीकृष्ण प्रसाईलाई माइन्युट हस्तान्तरण गर्नुभएको थियो।

डा ओम कृण्ण प्रसाईले स्वागत गरेकाे कार्यक्रम काे सञ्चालन माहासचिव धनश्यास प्रसाईले गर्नु भएकाे थियाे।