बिर्तामोड ७ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या
झापाको बिर्तामोड ७ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ ।गएराति बिर्तामोड ७ स्थित खोलापारी भन्ने ठाउँमा स्थानीय अन्दाजी बर्ष ३५ का फुर्वा तामाङलाई सुतेको ठाउँमा सोही ठाउँ बस्ने बर्ष २८ का छिमेकी प्रेमकुमार राई र उनका दाजु वर्ष ३३ का रामकुमार राईले शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् । बसिला र खुकुरीबाट तामाङको हत्या भएको जनाइएको छ ।
घटनामा प्रयोग भएको धारिलो हतियार खुकुरी र बसिला प्रहरीद्वारा बरामद गरिएको छ ।हत्या गर्ने ब्यक्तिलाई स्थानीय गाउँलेले पक्राउ गरि प्रहरीको जिम्मा लगाएका छन् ।
