जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर अनुसन्धान

काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ । कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो ।
जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ ।एक जना संकास्पद ब्यक्ति लाई पक्राउ गरेको छ।अन्य यात्रु लाई फेरि बाेर्डिङ गरि जहाज उडाउने तयारि गरिरहेकाे छ।
