एपेक नेपालले कोसी प्रदेशको इटहरीमा ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’को दोस्रो शृंखला सम्पन्न
झापा। समाज परिवर्तनमा एउटा बौदिक उपस्थित , जस्को सकृयताले मानव हृदयलाई कोमल शृजनशिल बनाउछ। यहि कर्म गर्दै आएको एपेक नेपालले कोसी प्रदेशको इटहरीमा ‘एपेक राष्ट्रिय काव्यमहोत्सव’को दोस्रो शृंखला सम्पन्न भएको थियो।
कवि मनु मञ्जिलको” दुस्मन “कविताका केही हरफहरु वाचन गरेर कोसि प्रदेशका मुख्यमन्त्री हिक्मत कार्किले यहि कार्तिक १५ गते शनिबार महोत्सवको उद्घाटन गरेका थिए। उनले विकास भनेको सडक र पुल निर्माण मात्र नभएको बताए । प्रदेशको साहित्य, कला, संस्कृतिको पनि विकास गरिनुपर्नेमा उनले जोड दिए । उनले भने, “कला, साहित्य र संस्कृतिको विकासमा कोसी प्रदेश सरकारको पूर्ण सहयोग रहनेछ ।”कोसी प्रदेशसभा सदस्य तथा काव्यमहोत्सवका सल्लाहकार कवि मीना श्रेष्ठले इटहरीमा एउटा साहित्यिक भवन निर्माणका निम्ति पहल गरिएको बताइन् । यसनिम्ति उनले प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरिन् ।
प्रदेश सरकारका पर्यटनमन्त्री सदानन्द मण्डलले उक्त कार्यका निम्ति सहयोगको प्रतिबद्धता जनाए ।
lolमहोत्सवको उद्घाटन चरणमा एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले साहित्यको उथ्थानका निम्ति यो सस्थाले निस्वार्थ ढङ्गले काम गरिरहेको बताए। बिगतका दिनमा पनि नेपाली साहित्यका विविध बिधाका राष्ट्रिय प्रतियोगिता समेत गरेर श्र्ष्टालाइ उत्कृष्ट पुरस्कार प्रदान गरेको बताए । एपेकका कार्यकारी निर्देशक कवि राजेन्द्र शलभले अर्को वर्षको महोत्सव मधेस प्रदेशमा आयोजना गर्ने सोच रहेको बताए । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सल्लाहाकार प्राज्ञ सन्जय वान्तवाले कवि र कलाकारको एउटै प्रस्तुतिले देशको समसामयिक अवस्थालाई दमदार प्रस्तुत गर्ने ठाउँ पाएको बताए।
कार्यक्रमको दोस्रो चरणमा काव्य महोत्सवमा सहभागी सात प्रदेशका १४ कविको कवितामा १४ चित्रकारले कोरेका चित्रहरूको प्रदर्शनी गरियो । चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कविता र चित्र दुवै अवलोकन गरे । तेस्तै दोस्रो सत्र उद्घाटन समारोहमा देशकी शक्तिशाली कवि उषा सेरचन समेतले कविता र कलाको अवलोकन गरेकी थिइन् । उनले कवि कलाकार भनेको देशको बौद्धिक सम्पती हुन भन्दै राज्यले कला साहित्यका लागि भने जसरी दृस्टी नपुगेको बताइन। सस्थागत रुपमा एपेकले राज्यले गर्ने काम गरिरहेको बताइन।काव्यमहोत्सवको तेस्रो चरणमा १४ कविले आ–आफ्ना कविता वाचन गरे । कविता वाचनको समय चित्रकार पनि चित्रकलासँगै उपस्थित थिए ।
कविहर अस्मिता विष्ट, धीरज राई , मनोज लोहार, एलिशा एकलास, रोशन तिमिल्सिना, रसिक राज, गणेश श्रमण, कल्पना पलक, खेम बतास, सपना कर्ण मनोरमा, निकेश गिरी, चन्द्र जीएम, लक्ष्मण मानव र मोहित जोशीका कवितामा क्रमशः डिल्ली कृष्ण आले, सञ्जय वान्तवा, जेपी चौधरी, शिव छाङ्छा राई, सुसन धिमाल, युवराज रिजाल, तिलक राई, अनुराधा थापा, यशोदाकुमारी सिंह, नारदमणि हार्तम्छाली, विक्रम श्री र महेन्द्र राईले चित्र कोरेका थिए ।
हरेक कविले देशका समसामयिक बिषयमा कलात्मक ढङ्गले ब्यङ्ग्य गरेर कविता प्रस्तुत गरेको थिए। काव्य महोत्सवले विभिन्न प्रदेशका कविहरूका शक्तिशाली कविता सुन्ने मौका मिलेको स्थानीय कविहरूको भनाइ थियो ।
कार्यक्रमको सन्चालन कवि एव सन्चारकर्मी लिला अनमोलले गरेकी थिइन।
