नेपालकी अनमोल ले दार्जिलिङको मिरिकमा महफिलमा इतिहास रचिन्

मिरिक महफिल गजल भारतको दार्जिलिङ मिरिकमा रहेको जगजित होटलमा सम्पन्न भएको छ। मिरिककै इतिहासमा प्रथम पटक राखिएको महफिल गजल मा भारत र नेपालका चर्चित साहित्यकार प्राध्यापक हरुको आतिथ्यता रहेको थियो। दार्जिलिङ जर्नल पब्लिकेसन मिरिक दार्जिलिङले आयोजना गरेको कार्यक्रममा राजबहादुर राईको अध्यक्षता र प्रमुख अतिथि डाक्टर प्राध्यापक साहित्यकार कविता लामा रहनुभएको थियो।

नेपालकी चर्चित साहित्यकार कवि गजलकार लीला अनमोल को एकल गजल र स्थानीय गायक तथा संगीतकार महेश्वर लामाको बिजोड प्रस्तुति रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथि पवित्र लामा, प्राध्यापक डाक्टर कवीर बस्नेत ,गायक संगीतकार जीवन अधिकारी , सिलगढीका साहित्यकार पिटि यल्मो, जीके शर्मा , मिरिक पञ्चायतका चेयरम्यान चेयरम्यान कैलास खवास , साहित्यकार यज्ञनिधि ढकाल ,अमर दुङ्बाली साहित्य चौतारी बिर्तामोड झापाका दैभक्त श्रेष्ठ, साहित्य चौतारीका उपाध्यक्ष हिम्मत नेङबाङ, इलाम चुलाचुलीका साहित्यकार गजलकार विवश बलिभद्र कोइराला, झापा धरमपुरका गजलकार दिलिप घिमिरे, सञ्चारकर्मी अधिवक्ता देवेन्द्र प्रसाई, सञ्चारकर्मी भरत प्रसाई लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि प्राध्यापक डाक्टर कविता लामाले आफूले २६ वर्ष अगाडि आजकी सर्जक लिला अनमोललाई भेट्दै खेरि यो सम्भावना देखेको बताउनुभयो। लिला अनमोलको कविता र गजलमा राष्ट्रियता प्रेम र स्वाभिमानको उत्कृष्ट प्रस्तुति देखेर आफूलाई अत्यधिक खुसी लागेको र नेपालको झापामा रहेर भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदान को प्रशंसा गर्नुभयो।
कार्यक्रमको बीचमा कवि साहित्यकार लीला अनमोलको कृति अन्तिम कुमारी रातको चर्चा परिचर्चा गरिएको थियो। दार्जिलिङ मिरिकका वरिष्ठ साहित्यकार प्राध्यापक पवित्र लामाले कृतिका बारेमा समीक्षा गर्नुभएको थियो।

भारतको दार्जिलिङ सिक्किममा बसेर नेपाली भाषा साहित्यको संरक्षणका लागि अतुलनीय योगदान पुर्याउँदै आउनुभएका दार्जिलिङ जर्नल पब्लिकेसन का अध्यक्ष देवीलाल प्रधानले साहित्यकार कवि गजलकार लीला अनमोल ले साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान का लागि आफूले दार्जिलिङको मिरिकमा महफिल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।
संस्थाका सचिव विनोद खाती र नेपालका गजलका विवस बलिभद्र कोइरालाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।


