आपसी सद्भाव, भाइचाराको सन्देश फैलाउने उद्देश्यका साथ मारवाडी सेवा समिति, बिर्तामोड द्वारा बुधबार साँझ भव्य होली मिलन समारोह २०८१ को आयोजना गरेको थियो।कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष मोहनकुमार मित्तलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोडका पुराना व्यवसायी छबिलदास वंशल रहनुभएको थियो। विशिष्ट अतिथिमा मारवाडी सेवा समितिका संस्थापक अध्यक्ष वेदप्रकाश अग्रवाल बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने लगायत बिर्तामोडमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र मारवाडी समुदायको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको बीचमा मारवाडी समुदायभित्र का चार्टर एकाउन्टेन्ट रहेका व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चद्वारा सांस्कृतिक कार्यक्रमहरू पनि गरेका थिए।

होली मिलन कार्यक्रममा संस्थापक अध्यक्ष वेदप्रकाश अग्रवाल र पूर्व अध्यक्षहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश कार्यसमिति सदस्य यज्ञराज अग्रवाल विकासले गर्नुभएको थियो।  मारवाडी सेवा समितिले आयोजना गरेको होली मिलन कार्यक्रमले समाजमा एकता र मेलमिलाप कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभएको थियो।यो भव्य कार्यक्रमले सद्भाव, एकता, र संस्कृति प्रति प्रेमलाई प्रवर्द्धन गर्दै बिर्तामोडमा होली पर्वको उल्लासमय वातावरण सिर्जना गरेको थियो।

कार्यक्रम संयोजन समितिका कार्यसमिति सदस्य बजरंग अग्रवाल ले गर्नुभएको थियो भने सञ्चालन समितिका सचिव दीपक मित्तल ले  गर्नुभएको थियो।