प्रसाई ट्रस्ट कल्याण कोषले लीला अनमोललाई सम्मान
प्रसाईं ट्रस्ट कल्याणकाेष ११ औ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम आज कन्काइ नगरपालिका काेटिहाेममा सम्पन्न भएकाे छ।प्रसाईं ट्रष्ट जिल्ला समिती झापा अध्यक्ष ईन्द्र प्रसाईकाे अध्यक्षता तथा प्रसाईं ट्रष्ट कल्याण काेषका केन्द्रीय अध्यक्ष टीका प्रसाईं का प्रमुख आतिथ्यता काे साथै पुर्व अध्यक्ष खगेन्द्र प्रसाईं उपाध्यक्ष गाेपिकृण्ण प्रसाईं,सुमित्रा प्रसाईं, बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतारा प्रसाईं ,न्युटन एजुकेसन एकेडेमीका संस्थापक धर्मा प्रसाईं प्रसाई ट्रस्टका केन्द्रीय उपाध्यक्ष गोपीकृष्ण प्रसाई सचिव दुर्गा प्रसाई , जिल्ला प्रशासन कार्यलय झापाकाे सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईं लगायतकाे अतिथ्यता रहेकाे थियाे।
प्रसाईं ट्स्ट कल्याण काेष झापा जिल्ला काेषाध्यक्ष हेम राज प्रसाईं ले आर्थिक प्रतिवेदन पेष गर्नु भएकाे थियाे भने अध्यक्ष ईन्द्र प्रसाईं ले प्रसाईं ट्रष्टका झापा जिल्ला का गतिबिधि र बार्षिक याेजना हरु प्रस्तुत गर्नु भयाे।
बिर्तामोड १ का धरणिधर प्रसाईं १०१ बर्षिय,शिवसताक्षि मा राममाया प्रसाईं ९४ बर्षिय जेष्ठ आमा बुबा लाई नगद सहित ,फलफुल बितरण गरेर सम्मान गरिएको थियो त्यसैगरीअसल बुहारी सम्मान मेचिनगरकि रिता उप्रेती प्रसाईं ,र असल छाेरी दुर्गा देवी प्रसाई कन्काइ नगर पालिका लाई सम्मान गरिएकाे थियाे।
प्रसाईं समाज लाई याेगदान गरे बापत मरणाेपरान्त सम्मान दमक का काेमल प्रसाईं लाई उहाकि धर्म पत्नि सुमित्रा प्रसाईं त्यसै गरि बिर्तामोड का ज्ञानु प्रसाईं कि धर्म पत्नि पबित्रा महतारा प्रसाई ,बिर्तामोड निवासी हरि कुमार प्रसाईकि धर्म पत्नि धर्मा प्रसाईं गिरिराज कुमारी प्रसाईकि बहारी संगिता प्रसाईं लाई सम्मान गरिएकाे थियाे।
सस्था लाई विभिन्न क्षेत्रबाट याेगदान गरे वापत पूर्वमन्त्री पसाई ट्रस्टका पुर्व अध्यक्ष खगेन्द्र प्रसाद प्रसाईं , मेचीनगरबाट राम प्रसाद प्रसाई, प्रसाई ट्रस्ट कल्याण कोष झापाका पूर्व अध्यक्ष नारायण प्रसाईं , साहित्यकार तथा पत्रकार लीला अनमाेल ,हल्दिवारी नगर अध्यक्ष कृण्ण प्रसाईं लाई सम्मान गरिएकाे थियाे।
त्यस्तै कार्यक्रमकै बीचमा सामुदायिक बिधालय बाट एसइइमा उत्कृष्ट हुन सफल भएका बुद्द शान्ति का शुभम प्रसाईं त्यस्तै भद्रपुरकि अंशु प्रसाईं लाई सम्मान गरिएकाे थियाे भने संस्थागत बिधालयकाे तर्फ वाट शिव सताक्षि कि सिसम प्रसाईं लाई सम्मान गरिएको थियाे।
कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने गौरादहकि युनिसा प्रसाईं ,पदम प्रसाईं लाई नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा शुभकामना पुर्ब प्रदेश प्रमुख बागमति प्रदेशका बिण्णु प्रसाईं ,लामिछाने बस्नेत समाज कि कबिता बस्नेत,बिर्तामोड प्रसाईं ट्रष्ट नगर अध्यक्ष तारा प्रसाईं , बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पबित्रा महतारा प्रसाईं , प्रसाई ट्रस्ट झापाका पूर्व अध्यक्ष नारायण प्रसाईं शुभकामना दिनुभएको थियो। त्यसैगरी स्वागत जयकुमार प्रसाईले गरेको कार्यक्रमको सञ्चालन नेत्र प्रसाईले गर्नुभएको थियो।
