तीन दिने कार्यशाला र प्यानल डिस्कसन बिर्तामोडमा
छुनुमुनु थियटर काठमाडौ को सहकार्य तथा सि इ एस थियटर क्लब को आयोजनामा तीन दिने , प्रथम जिल्ला स्तरीय ‘यङ्ग आर्टिस्ट्स एक्टिङ्ग बुटक्याम्प ‘ बिर्तामोड स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कुल को ग्रेस अडोटोरियम (सभाहल ) मा सन्चालन हुने भएको छ ।
भावानत्मक अभिनय कला को माध्यम बाट बालबालिकाको आवाज, शरीर, अभिव्यक्ति, भाव, हाउभाउ र मञ्चीय उपस्थितिलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउदै उनिहरुमा रहेको सिर्जनशिलता, कल्पनाशक्ति र आत्मविश्वासलाई अघि बढाउने र उत्कृष्ट प्रतिभाहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रंगमञ्चको यात्राका लागि तयार गर्ने उदेस्यका साथ संचालन हुन लागेको कार्यशालाको मुख्य प्रशिक्षण अन्तरास्ट्रिय रुपमा ख्याती कमाइसक्नु भएका छुनुमुनु थियटर का निर्देशक तथा प्रशिक्षक राजन भुजेल ले दिनु हुनेछ ।
थियटिकल आर्ट पढाइ हुने जिल्ला भरिका विभिन्न बिद्यालयका बिधार्थिहरु सम्मिलित भाद्र २७,२८ र २९ गते संचालन हुने कार्यशालाको पहिलो दिन “बिद्यालयमा अभिनय शिक्षा (Theatre Education in School) बिषयक प्यानल डिस्कसन सन्चालन हुनेछ । प्यानलिस्ट को रुपमा प्रशिक्षक राजन भुजेल , झापाका पुराना नाट्य कलाकार टंक बिकल्प, परिवर्तन थियटर मेचिनगरका प्रशिक्षक तथा निर्देशक कबिता नेपाल, र कदम थियटर दमकका बरिस्ट कलाकार सुबाश चन्द्र खरेल रहनु भएकाे छ भने सहजकर्ताको रुपमा कवि, सन्चारकर्मी तथा ब्यक्तित्व बिकाश प्रशिक्षक लिला अनमोल ले गर्नु हुनेछ । तीन दिन सम्म चल्ने यस कार्यशालाको संयोजन थियटर प्रशिक्षक तथा लेखक/ निर्देशक दिनेशराज शर्माले गर्नुहुनेछ।
