अग्रसेन भवनको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। भवन का अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ काे अध्यक्षता मा सम्पन्न साधारण सभामा भवन का पूर्व कोषाध्यक्ष, समाजसेवी हरिशंकर अग्रवाल को प्रमुख आतिथ्यता , नेपाल राष्ट्रिय मारवाडी परिषद विशेष आमन्त्रित सदस्य अरविन्द कुमार मितल र रोटरी क्लव अफ बिर्तामोड मिड टाउन का अध्यक्ष राजेन्द्र कुमार गोयल को विशिष्ट आतिथ्यता तथा नेपाल अग्रवाल महिला मंच बिर्तामोडकी अध्यक्ष दीपा खेडिया, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मितल, बालाजी मन्दिर निर्माण कर्ता इन्द्र चन्द बिन्दलको आतिथ्यता तथा समाज का विभिन्न संस्था र अग्रसेन भवनका पदाधिकारी, सल्लाहकार सदस्य लगायतकाे उपस्थिति रहेकाे थियाे।

सभामा अग्रसेन भवन र सो अन्तर्गतको बालाजी धाम को २०८०/०८१ की प्रगति प्रतिबेदन, आय- व्यय प्रतिवेदन,आ. व . २०८०/०८१ को बालाजी धाम, श्याम मन्दिरको निर्माण कार्य को आर्थिक प्रतिवेदन समेत पारित भएको छ।

उपाध्यक्ष रमेश अग्रवाल द्वारा भवन र बालाजी धामको प्रतिबेदन , सह सचिब श्री सुजित वंशल द्वारा भवनको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे भने सदस्य मांगीलाल जिन्दल द्वारा आस्था वाचन गराईएको थियो । अतिथि सत्कार तर्फ कार्य समिति सदस्य जगदीश मितल र मांगीलाल जिन्दल को ले गर्नु भएकाे थियो।
वर्ष २०८१/०८२ लाई संस्थाको रजत महोत्सव वर्षको रूपमा वर्ष भरी सेवा , संगठन, तालिम, आँखा शिविर, कृत्रिम खुट्टा शिविर, रक्तदान शिविर र संस्थालाई आत्मनिर्भर बनाउनेतर्फका विभिन्न कार्यक्रम गर्ने , धार्मिक अनुष्ठान गर्ने,स्मारिका प्रकाशन गर्ने र नव निर्मित माथिल्लो तलाको भवन समुद्घाटन को कार्यक्रम पारित भएको छ।
यसरी नैं २०८१ असोज १९ गते, श्री अग्रसेन महाराजको को ५१४८ औं जयन्तीमा परोपकार वृद्धाश्रम बिर्तामोडमा दिवा भोजन, अपरान्ह निबन्ध प्रतियोगिता,SEE का उत्कृष्ट विधार्थी , अभिभावकलाई पुरष्कृत र सम्मानित अभिनन्दन कार्यक्रम र बिर्तामोड काे मुक्ति चौकमा दिपावली गर्ने कार्यक्रम निर्धारित भएको छ।
प्रमुख अतिथी हरीशंकर अग्रवाल लगायत विशिष्ट अतिथिले रजत महोत्सव लोगो (प्रतिक चिन्ह ) अनावरण गर्नु भएको थियाे।

कार्यक्रममा मारवाडी सेवा समिति, बिर्तामोड का अध्यक्ष मोहन मितल , विशेष अतिथि अरविन्द कुमार मितल, राजेन्द्र कुमार गोयल, बालाजी मन्दिर निर्माण कर्ता इन्द्रचन्द बिन्दल,संस्थापक अध्यक्ष सुरेश वंशल द्वारा शुभकामना शुभकामना दिनु भएकाे थियो।
कार्यक्रम को संचालन सचिव दिपेन्द्रकुमार मितलले गर्नु भएकाे थियाे।