हिजो हत्यारा भनिएकाहरु आज देश चलाउदैछन….
यो बोल्न नपाइने सरकार कस्को हो ?
जनता रोइरहेको समाचार कस्को हो ?
देश युवाहरु निर्यात गर्छ खाडीमा
गाउँ बृद्द बृद्दाको हो, बजार कस्को हो ?
सानो व्यापार गर्नेहरु नाकामै थुनिन्छन
मालबाहक ट्रक छिर्ने भन्सार कस्को हो ?
बिदेसमा चेलिहरु घरभित्रै बन्धक छन्
समाचार मात्र सुनिएको छ उदार कस्को हो ?
हिजो हत्यारा भनिएकाहरु आज देश चलाउदैछन
अचमम्ममा छु यो देशको कारागार कस्को हो
कालू दाहाल,
झापा, हाल कतार
